Wednesday, August 31, 2011

 तमु(गुरुङ्) हरु उमेर वा बिभिन्न कर्मकाण्डहरु ल्हो,मेवा,पार्क आदी हेरेर गर्छन ।आउनुस ल्हो कुन कुन हुन र नेपाली र तमु भाषा मा त्यसलाई के भनिन्छ थाहा पाइराखौ ।यो ल्हो हरेक बर्ष फेरिन्छ वा चक्र झैं एक पछी अर्को परिवर्तन हुँदै गएर अबिछिन्न रुपमा दोहोरिरन्छ ।यो १२ ल्होको चक्र(बर्ग चक्र)लाई ल्होकोर भनिन्छ ।तमु बिद्वान हरुको भ-नाई अनुसार तमु बर्ष चक्र लाई ल्हेयाकोर भनिन्छ ।जस अनुसार अहिले तमु ल्हेयाकोर्(तमु संवत्) ३२२६२ चलिरहेकोछ । यो एक ल्हो पुरा भएर अर्को ल्हो मा सर्ने दिन लाई नै प्रचलित रुपमा ल्होसार भनिन्छ ।ल्होकोर हरेक १२ बर्षमा दोहोरिरहन्छ भने ल्हेयाकोर अंक गणितिय रुपमा अघिबढ्दै जान्छ । हुनत यो ब्याख्या एकदमै आधारभुत खालको छ ।सही र सटिक ब्याख्या तमु बिद्वान हरु बाट पाउन सकिन्छ ।पहिलो समुह शास्त्रीय गुरुङ भाषा(चों क्युइ)मा लेखिएको छ ।दोस्रो समुह चलन चल्ती को गुरुङ भाषा(तमु क्युइ) मा लेखिएको छ । 

      तमु ल्हो
 च्यु        निम्यु        मुसा
 लोङ        म्या         गाइ
 तो          चे          बाघ्
 ह्युइ        न्वारा      बिरालो
 मुहफ्री      क्रोइ       गरुड्
 सप्री        पुक्री       नाग्
 ता           ता        घोडा
 ल्हु          क्यु         भेडा
 प्रा         तिम्यु       बाँदर्
 च्या        नेमे        चार
 खी          नक्यु       कुकुर्
 फो          फो         मृग(बंदेल पनि भनिन्छ )

No comments:

Post a Comment