Thursday, February 17, 2011

तमु किइ खैली लोब ?=गुरुङ भाषा कसरी सिक्ने ?

तमु किइ खैली लोब ?=गुरुङ भाषा कसरी सिक्ने ?
सर्बप्रथम  भाषा भन्नासाथ बोलाई,सुनाइ,बुझाइ,पढाइ र लेखाइ जस्ता कृयाकलाप द्वारा भावनहरु आदानप्रादान गर्ने प्रकृयाहरुको एक मुस्ट रुप हो भन्ने हामिले बुझेका छौ ।तसर्थ भाषा सिक्न को लागी यि सबै कृयाकलाप गर्नु आबश्याक छ वा अनुशरण गरेमा गन्तब्यमा छिटो पुग्न सकिन्छ ।फेरी हरेक भाषामा बिभिन्न भाषिकाहरु पनि हुने हुनाले सिक्ने प्रकृयामा अझै चुनौती थप्न सक्छ साथै यो हाम्रो reverse learning process भएकोले अथवा मातृभाषा नभएकोले सही उच्चारण् मा समश्या देखा पर्न सक्छ तर न-आत्ति-नुस किनकी  तमु भाषा को ब्याकारण नेपाली,अंग्रेजी भाषाहरुको जस्तो गह्रो भने छैन ।शुरु गर्नु भन्दा आगाडी म के भन्न चाहन्छु भने ढृढ अठोट बिना कुनै पनि लक्ष्य प्राप्ती दिवा स्वप्न मात्रै हुन्छ ।यो शारिरिक भन्दा मानसिक संघर्ष हो ।के तपाइ तयार हुनु हुन्छ ? आउनुस साथी हरु मिलिजुली तमु भाषा सिकौ ।
बोलाई: यो प्रकृयाको लागी आफ्नो चिनेजानेको तमु भाषा बोल्ने मानिश हुनु आबश्यक छ नभएमा पनि सिकेको कुरा ब्याबहार मा ल्याउन दुइ नजानेका ब्यक्ति-हरु मिलेर पनि अभ्यास गर्न सकिन्छ ।सर्बप्रथमत्: केहि तमु शब्दहरु स्मरण गर्ने र आफ्नो बोलिचालिको दौरान मा घुसाउने ।किनकी भाषा जिवन-शैली को अंग भएकोले यदी गुरुङ साथिहरु संग मात्रै बोल्ने गरेमा सिक्न धेरै गाह्रो हुन्छ,आफु संग मिल्ने कुनै पनि साथी जो तमु भाषा नबोल्ने पनि हुन सक्छ लाई हाम्रो भाषामा यस्लाई एस्तो भन्छन भनेर ब्याख्या गर्ने ।अर्को कुरा बिभिन्न तमु गित हरु सुनेर नेपाली वा अन्य भाषाको गित को साटो तमु गित गाउने ।किनकी गित लयमा लेखिएको हुनाले सम्झन सजिलो हुन्छ र सिकाइ प्रकृयामा तिब्रता ल्याउछ ।
सुनाइ र बुझाइ:भाषाको अर्को महत्वपुर्ण पाटो सुनाइ र बुझाइ हो ।तमु भाषा एकाक्षरि,बहुआर्थि,ध्वनी प्र-धान भाषा भएकोले हामिले अरुले बोलेको बुझ्न त्यती सजिलो हुँदैन ।अथवा तमु भाषामा एक अक्षर को शब्द जस्ले धेरै अर्थ लाग्ने हुनाले, कुन अर्थमा भनेको हो भन्ने कुरा अभ्यास बाट मात्र थाहा हुन्छ ।अर्को तर्फ स्रुतिसमभिन्नार्थक शब्दहरु पनि हाम्रो भाषामा धेरै पाइन्छ । तसर्थ सही सुनेर सही उच्चारण गर्नु पर्ने हुन्छ । यो प्रकृयाको लागी पनि native speaker भएमा असाध्यै राम्रो हुन्छ अन्याथा तमु चलचित्र र गीत को क्लिप हरु बढी भन्दा बढी हेर्ने गर्नु पर्छ ।
पढाइ र बुझाइ :यो कृयाकलाप अन्तरगत बढी भन्दा बढी तमु भाषामा लेखिएको सामाग्री जम्मा गर्ने र पढेर अर्थ लगाउने प्र-यास गर्ने ।यस्को लागी तमु वेब  साईट वा ब्लगहरुमा जाने ।
लेखाइ:हामिहरु सबैलाई आजकाल अन्य भाषामा भएपनी लेख्न आउने हुनाले आफुले स्मरण गरेको कुरालाई लेख्ने वा केहि वाक्य हरु लेख्ने वा दैनिक केहि न केहि लेख्ने गर्नु पर्छ ।पछी गएर खेमा लिपी मै लेख्न सक्ने हुनुभए त सुनमा सुगन्ध हुन्छ ।
सिक्ने प्रकृया हरु:
१,अभिबादन मा प्रयोग हुने शब्दहरु छ्याँजलो,आशिमल,ज्ञाँसाजे,छ्यालाई,छ्याजगे आदी याद गर्नुस्
२,केहि सधारण प्रयोगमा आउने नामबाचक शब्धरु जस्तै धिं,कैं,क्यु,पैतो,स्, आदी याद गर्नुस I
३,पहिलो,दोश्रो र तेश्रो ब्यक्तिबाचक सर्बनाम म,तिमी,हामी याद गर्नुस ।
४,प्रश्नबाचक शब्दहरु सु,खन्,खयम आदी याद गर्नुस्
५,केहि साधारण बोलिचाली मा प्रयोग हुने कृया हरु सिक्नुस जस्तै याहम्,टिम्,चम्,लम्,रोम आदि
६,शुरु शुरु मा साधारण भुत्,साधारण बर्तमान्,साधारण भबिश्यतकाल मा कुरा गर्नुस ।सके सम्म कुराकानी मा बिबिधता ल्याउनुस ।जस्तै: याहम्=जान्छ्,याहाइ=गयो,याह्मो=जाला वा जानेछ I



काल्:
बर्तमान काल्
ङ धिंरी याहम ।---म घर जान्छु ।
ङ धिरी याइमु ।---म घर जाँदैछु ।
ङ धिंरी याहल्खाइ मु -----म घर गैसकेको छु ।
ङ धिंरी याह्दिब मु---------म घर गैरहेको छु ।

भुतकाल्:
ङ धिंरी याहै ।----------म घर गएँ ।
ङ धिंरी याहै मुला ।----म घर जांदै थिएँ ।
ङ धिंरी याह्ल्खैमुला । --म घर गैसको थिएँ ।
ङ धिँरी  याह्दिब मुला । म घर गैरहेको थिएँ ।

भबिस्यत काल ।

ङ धिंरी याहमो ।---म घर जानेछु ।
ङ धिंरी याइमो ।----म घर जाँदैछु ।
ङ धिँरी याह्ल्खैइ तमो--म घर गैसकेको हुनेछु ।
ङ धिंरी याह्दिब तमो------म घर गैरहेको हुनेछु ।

केहि त्रुटिहरु पनि होलान्cross check गर्नु होला ।

साधारण बोलचाल्:
       
ठान्सै:छ्याँजलो(नमस्कार्)
जुन्सै: छ्याँजलो
ठन्सै: सबन मु आ ङोलो(सन्चै छ सोल्टि)
जुन्सै: साबै मु,किहिलाई तो मु मि ?(सन्चै छु,तपाईंलाई के छ नि ?)
ठान्सै: ङलाईन छ्याँबै मु ङोलो,ज्ञाँसाजे(मलाई पनि राम्रै छ सोल्टि,धन्यबाद्)
जुन्सै:नाचै खन याहसी खै मु ?(बिहानै कहाँ गएर आउँदै हुनु हुन्छ ?)
ठान्सै:ख-नै  आङी ङोलो बजार याहसी खैमु ।(कतै होइन सोल्ट बजार गएर आउ-दैछु)
जुन्सै: तो के तसी बजार याइ मुला ?( के काम भएर बजार गा'को थियो ?)
ठान्सै: तो तब्,चचा किउसी खैमु ङोलो ।कोहोर्ने क्यो खन सम्म फेब मि ?( के हुने ? नुन लिएर आउँदाइ छु,साच्ची तपाईं कहाँ सम्म पुग्ने नि ?)
जुन्सै:ए,ङैन बजार-आइले याहैमु(ए,मा पनि बजार तिर जाँदैछु)
ठान्सै: रेह्गोइ गि तो ज(टाढै कि के हो ?)
जुन्सै: ङिबै ङोलो,छोलो काठ्मन्डु याहाउ गि बिसी ।(हो सोल्टी एसो काठ्मन्डु जाउँ कि भ-नेर्)
ठान्सै:ओहो,रेह्गोइ याहाब साइत मुना ।तो के तै र ओ ङोलो ?(ओहो,टाढै जाने साइत रहेछ । के काम भएर हो सोल्टि)
जुन्सै:पिन्सिन तोउ गि बिसि,खिबा म्हिइ तो के तम रो काठमन्डुरी ङोलो ।(पिन्सिन थापु कि भ-नेर्, बुढो मान्छेको के काम हुन्छ र काठमन्डुमा सोल्टि)
ठान्सै:खयम सम्म त्वैइसी खम मि ?(कहिले सम्म फर्किएर आउँछ नि ?)
जुन्सै:ले आटिम ङम च-र्,यिनी खम्, ह्याक्लो,सोङ्लो ति-नी लिसो फे खम ।(धेरै बस्दिन म त्यहाँ , छिट्टै आउँछु,२,३, दिन अप्छी आइ पुग्छु ।)
ठान्सै: ए लु ङोलो छ्याँब मादी क्यो प्रे ताँ लसि,छ्यान्लेरी यादो ।
जुन्सै: तम तम ङोलो, ज्ञाँसजे
          
              
यार्जुङ्:छ्याँजलो ङोल्स्यो(नमस्कार सोल्टिनि)
मह्यार्नि:ङैन छ्याँजलो ङोलो(मेरो पनि नमस्कार सोल्टि)
यार्जुङ्: खेब्धिंर याइमु ङोल्स्यो ?(स्कुल जाँदै सोल्टिनी ?)
मह्यार्नि: ङिबै ङोलो ।क्यो खन फेब मि ? (हजुर सोल्टो,तपाईं कहाँ पुग्ने नि ?)
यार्जुङ्: ङम ओ डि नासर्बै बाथेइ धिंर याहाइमु ।(म ?  डि गाउँको ठुल्बाको घरमा जाँदैछु।)
मह्यार्नि:तोले आ ?(किन हो ?)
यार्जुङ्:तो लब ङै आप्पा क्ल्याब म्हि तसि,मुइ आरेसी खेब्धी वाथेइ ।छ तसी प्ला क्ल्योबर याहाइमु ।(के गर्ने मेरो बाबा गरीब मान्छे भएर्,पैसा नभएको ले स्कुल छोडे ।त्यै भएर गोरु जोत्न जाँदैछु ।)
मह्यार्नि:बेले तिही मादिए क्योइ ताँ थेँसी ङोलो, तोइ आरे सैँ च्याउने आलद्,के च्योब थेब आत ।ताहान के छ्यान्लेरी लईस्या लिसो याहासी छ्याँबै तम ।(असाध्यै दुख लाज्ञो सोल्टी तपाइ को कुरा सुनेर्,केहि छैन मन सानो नगर्नुस , काम ठुलो सानो हुन्न ।सबै काम राम्रै सँग गर्‍यो भने पछी गएर राम्रै हुन्छ ।)
यार्जुङ्: ज्ञाँसाजे ङोल्स्यो,क्यो पारे ताँ कोब म्हि ङै ङोल्स्यो तै अनबिस्या क्ल्याब म्हि प्रे ति-नागा सुइन आपोम।(धन्यबाद सोल्टिनी , तपाईं जस्तो कुरा बुझ्ने मान्छे मेरो सोल्टिनी भयो नत्रभने गरीब मान्छे संग आजभोलि कोइ पनि  बोल्दैन।)
मह्यार्नि:म्ही क्ल्याब प्ल्याब तसी तोइ आत्, सैँ छ्याँब चाइदी ङोलो । (मान्छे गरीब धनी भएर केहि हुन्न ,मन राम्रो चाहिन्छ सोल्टि)
यार्जुङ्: लु ङोल्स्यो क्योंने क्याबले तै गि,पसाइली याहदो ।(लौ सोल्टिनी तपाइ लाई ढिलो भयो कि , बि-स्ता-रै जानुस है)
मह्यार्नि:तम ङोलो,क्यो न छ्याँन्लेरी याह्दो ।(हुन्छ सोल्टी , तपाइ पनि राम्रो संग जानुस्)
यार्जुङ्: चु क्ल्याब ङोलोने खैमै आम्लेदो ।(यो गरीब सोल्टिला कहिल्यै नबिर्स है)
मह्यार्नि:छले ताँ आलद ओ ङोलो ङ प्रे ङै सैँ बेले क्रोसी खम ।ङ ङै ङोलोने खैमै आम्ले ओ(यस्तो कुरा नगर है सोल्टी म सैग मेरो मन असाध्यै रोएर आउँछ ।म मेरो सोल्टिलाई कहिल्यै बिर्सन्न्)
यार्जुङ्: ज्ञाँसाजे,ङै सैं बेल त्वोँइ(मेरो मन असाध्यै खुशी भयो)
मह्यार्नि:लु ङोलो तोसो ल्-ई ङ याहाम्, खसी लद ओ ।(लौ सोल्टी अहिले लाई म जान्छु, आउँदइ गर है)
यार्जुङ्: तम तम छ्यान्लेरी याद्(हुन्छ हुन्छ, शुभ यात्रा)

रोहोसै म्हि(आफ्नो मान्छे) 
ख-नै याहाले ख-नै टिले ङमी क्यो ल्-इ मैदी मो,म्होरा सैँ र ङै म-या म्रोह्दी मु ङमी क्यां रेह्गो आतदो,ङल्-ई वाथेसी आयादो ।(जहाँ गएनि,जहाँ बसेनी म तिमीलाई सम्झन्छु,सपना बिपनामा मेरो माया देख्द छु म बाट तिमी टाढा नहोउ, मलाई छोडेर नजाउ)