Thursday, July 26, 2012

छ्याँजलो तमु मै: तमु भाषा सिक्न को लागी इच्छुक साथिहरुलाई सहयोग पुगोस भन्ने हेतुले श्री अमर तमु द्वारा हामी तमु(गुरुङ्) जाती हरु एक हौ भन्ने फेसबुक सन्जाल मा राखिएको उहाँ को यो पोस्ट यो ब्लग मा राखिएको छ ।धन्यबाद

तमु भाषा सिक्नु होस् । ( Learn Gurung Language )

तमु भाषा (क्युई) (TAMU LANGUAGE) दोश्रो संस्करण (By - Amar Tamu,ghandruke) 

FB मार्फत तमु क्युई ( भाषा) सिक्न चाहनु हुने सम्पूर्ण मित्र-बन्धुहरुलाई केहि मात्रमा भए पनि सरल तरिकाले तमु भाषा सिक्न सकोस भन्ने उध्देश्यले घान्द्रुक तिर बोल्ने तमु भाषाको आधारमा पुन: केहि थप विस्त्रीत उदाहरणको साथमा यो तमु क्युई दोस्रो संस्करण तपाईंहरुको समक्ष राखेकोछु। तमु क्युई हाम्रा टोल् टोलमा,गाउँ गाउँमा गर्दै कास्की,स्यङ्जा,तनहुँ र लम्जुङमा केहि फरक लय र फरक फरक शब्दहरु प्रयोग हुने हुनाले तमु भाषा सिक्न केहि गह्रो अनि Confusion महसुस् त अवश्य पनि हुन्छ तर पनि यो हाम्रो आफ्नै मौलिक भाषा भएकोले सम्पूर्ण तमुहरुले जुनसुकै ठाउँमा भए पनि त्यहाँ वरिपरि बोल्ने तमु भाषा थोरै मात्रमा भए पनि सिक्न अति नै आवश्यक ठानेकोछु। आशा छ यो संस्करण बाट पनि तपाईंहरुलाई तमु भाषा सिक्न केहि मात्रमा भए पनि मद्घत मिल्नेछ । 

(१) तमु भाषामा सर्बनाम ( Pronoun ) हरु:- 

म = ङ्ह । हामीहरु = ङ्योंहुं । तिमी = क्हि । तिमीहरु = नमए,गेमए । उनी = च्ह, च्हम् । उनीहरु = च्हमए । यो = च्हु । त्यो = च्ह ।

(२) समय :- ( Time ) :-

आज = त्हिन् , त्हिनम् । भोली = बना, बनाग् । पर्सी = नुयुम् । निको पर्सी = सोँचम् । 
हिँजो = तेल्, तेलम् । अस्ति = उनी । झन् अस्ती = उनी ओसोँ । 
यो बर्ष = तिदीँ । अर्को बर्ष = गुरिम् । झन अर्को बर्ष = नोदिम् . 
गएको बर्ष = तुयुम् । झन पहिलेको बर्ष = ङ्योतिम् । उहिले = स्योम्

(३) स्थान, दिशा ( Direction ):-

तल = ब्र्‍हिर्, ग्होल्हेर् । माथी = ग्होर् । अगाडि = ओसोँ , उहिँ । पछाडि = ल्हिज् । यहाँ = चुर् । त्त्यहाँ = चर् । 
माथिबाट = त्हाले । तलबाट = म्हाले ।

(४) सङ्ख्या ( Number ):-

एक = ग्रिहि । छ = ढ्हु । 
दुई = ङ्हीं । सात = इँ । 
तीन = सोँ । आठ = प्र्हे । 
चार = ब्ल्हि । नौ = क्हु । 
पाँच = ङ्हा । दश = च्यु । 
--------------------------------------- 
दश = च्यु । साठी = ढ्हुच्यु 
बीस = ङ्हिंच्यु । सत्री = इँच्यु तीस = सोँच्यु । असी = प्र्हेच्यु। 
चालीस = ब्ल्हिच्यु । नब्बे = क्हुच्यु । 
पचास = ङ्हाच्यु । सय = ब्र्‍ह (brah)

(५) नातागोता = र्‍हजय्-मजय् ( Relative ) :-

बाजे = ब्र्‍हेज् , ब्रेज् । बजै = बज्यु (बुज्य) । बाबा = अप् (बा) । आमा = अम् (मा) ।
ठुलो बाबा = अप्थेब्,बथे । ठुलीआमा = अम्थेब,आथे । कान्छबा =अप्च्यों,कच्यों । कान्छीआमा = अम्च्यों । 
जेठी फुपू = फाँनें । माहिली देखि राहिली फुपू = फातें । कान्छी फुपू = फोच्यों ।
जेठो दाई = अगीँ । माहिला देखि राहिंला दाई सम्म = अवा । कान्छदाई = अच्यों । 
नानीदिदी = अगैं । माहिली देखि राहिंली दिदी सम्म = अना । कान्छी दिदी = अनाच्योँ 
छोरा = ज्ह । छोरी = ज्हमें । नाती = क्वेँ । नातीनी = क्वोंईमें । 
मामा = मोम् । माईजु = अईं । भेना = अउम्हो । ज्वाँईं = म्हो । जेठान = अस्योँ । 
साला = स्युँबु । साली = सह्ल् (sahl) । सोल्टी = ङोँलोँ । सोल्टिनी = ङोँलोँस्यो ।

(अरु साईनोहरु प्राय: नेपाली भाषा नै प्रयोग गरिने हुनाले मलाई त्यति ज्ञान छैन। )

(६) समाजका सदस्यहरु :- 

बुढा = ख्यिब् । बुढी = माम् । लोग्ने = फ्ह । स्वास्नी = म्ह्रीं (म्र्‍हीं)। 
युबक (ठिटो) = फ्रेँ । युबती (ठिटी) = छ्हमेँ । सानो बालक = क्होलो । सानो केटाकेटी = क्होलोमय् । 
छोरीचेली = रिँज्हमेँ । दाजुभाई = अमुयुँ । एकै नालका दाजुभाई,दिदीबहिनी = त्हिमय् ।
लोग्ने मान्छे = अरब् । आईमाई = च्हमिरी,ज्हमिरी । साथी = अगु , थु । साथी-भाई = अगुमय् , थुमय् । 

( बहु वचन Plural बनाउँदा शब्दको अन्तमा " मय् " जोड्नु पर्छ। जस्तै :- ख्यिब् = बुढा ,( ख्हिबमय् = बुढाहरु )

(७) शरीरको अंगहरु ( Parts of Body ) :- 

टाउको = क्र । आँखा = मीं । नाक = न्ह । कान = न्हबेँ । मुहार = ल्ही । मुख = सुँ । ओँठ = सुँमी । 
जिभ्रो = ले । दाँत = स । घाँटी = खर्जी । छाती = क्हु । पेट = फ्वो । हात = यो । खुट्टा = बुल् ।
हातको औँला = यो री । खुट्टाको औँला = बुल् री । छाला = ड्हि, ड्हिबि 
थुक = त्वु । रगत = क्हो । आँसु = मीँक्ली । पसिना = छयब् । रौँ = म्वुई । केश = क्रबो ।

(८) काल ( Tense ) :-

(क) वर्तमान काल ( Present Tense );-

वर्तमान कालमा तमु भाषामा शब्दको अन्तमा 'म्' वा 'मो' प्रयोग गर्नु पर्छ। 
गर्छ = लम्, लमो । आउँछ = खम्,खमो । खान्छ = चम्,चमो । पिउनु = थुँम्,थुमो । सुत्नु = रोम्,रोमो । 
उदाहरण :-
(१) काम गर्छ । = के लम् । वा (के लमो) । 
(२) म आउँछु। = ङ्ह खम् । वा (ङ्ह खमो)। 
(३) भात् खान्छ। = कैं चम् । वा (कैं चमो)। 
(४) पानी पिउँछ। = क्यु थुँम्। वा (क्यु थुमो)। 
(५) ऊ सुत्छ । = च्हम् रोम्। वा (च्हम् रोमो) । 

(ख) भूत काल (Past Tense):-

भूत कालमा शब्दको अन्तमा 'जे' वा 'लई' प्रयोग गर्नु पर्छ। 
लम् = लजे, लई । खम् = खजे, खई । चम् = चजे,चई । थुँम् = थुँजे ,थुँई । 
उदाहरण :- 
(१) काम गर्‍यो । = के लजे । वा (के लई) । 
(२) म आएँ । = ङ्हम् खजे । वा (ङ्हम् खई ) ।
(३) भात खायो । = कैं चजे । वा (कैँ चई) । 
(४) पानी पियो । = क्यु थुँजे । वा (क्यु थुँई )। 
(५) ऊ सुत्यो । = च्हम् रोजे । वा (च्हम् रोई )

(ग) भविष्य काल (Future Tense):- 

भविष्य कालमा शब्दको अन्तमा 'नन्द ' प्रयोग गर्नु पर्छ। 
लम् = लनन्द । खम् = खनन्द । चम् = चनन्द । थुँम् = थुँनन्द । रोम् = रोनन्द ।
उदाहरण :- 
(१) काम गर्नेछ,गरौँला । = के लनन्द । 
(२) म आउनेछु,आउँला । = ङ्ह खनन्द । 
(३) भात खानेछ,खाउँला । = कैं चनन्द । 
(४) पानी पिउनेछ, पिउँला। = क्यु थुँनन्द ।
(५) ऊ सुत्ने छ,सुत्ला । = च्हम् रोनन्द । 

( नोट् :- विभिन्न कालमा (Verb) कृयाको अन्तिम अक्षर हटाउने र त्यस्को ठाउँमा काल अनुसार 'म्' 'जे' र 'नन्द' प्रयोग गर्नु पर्छ।) 

(९) तमु भाषामा प्रश्नहरु सोध्नु परेमा शब्दको अन्तमा "ज्यो" वा "ईवा" प्रयोग हुन्छ ।
लम् = लज्यो । बिम् = बिज्यो । चम् = चज्यो । खेम् = खेज्यो । ह्यम् ( hyam )= ह्यज्यो (hyajyo) 

(क)काम गर्‍यो ? = के लज्यो, वा लईवा ?
(ख)कुरा भन्यो ? = त्हँ बिज्यो, वा बिईवा ?
(ग)भात खायो ? = कैं चज्यो , वा चईवा ? 
(घ)पत्र पढ्यो ? = चिठ् खेज्यो, वा खेइवा ? 
(ङ) खेतमा गयो ? = म्रोंर ह्यज्यो, वा ह्याईवा ? 

(१०) तमु भाषामा उत्तर दिँदा शब्दको अन्तमा "जे" प्रयोग हुन्छ।

(१) काम् गर्‍यो । = के लजे । 
(२) कुरा भन्यो । = त्हँ बिजे । 
(३) भात् खायो । = कैं चजे । 
(४) पत्र पढ्यो । = चिठ् खेजे । 
(५) ऊ गयो । = च्हम् ह्यजे । 

(११) आदेश दिँदा शब्दको अन्तमा "दो" ओकार प्रयोग हुन्छ। 

(१) काम् गर । = के लदो । 
(२) कुरा भन । = त्हँ बिदो । 
(३) भात खाऊ । = कैं चदो ।
(४) यहाँ आऊ । = चुर् खो । 
(५) पानी खाऊ । = क्यु थुनो । 

(१२) तमु भाषामा " बाट " भन्नु पर्दा शब्दको अन्तमा " ले " वा " अँले " प्रयोग गर्नु पर्छ। 

(१) कहाँबाट आयौ ? = खनाले खलु ?
(२) पोखराबाट आएको । = पोखाराले खलो ।
(३) खेतबाट ल्याएको । = म्रोँअँले बलो । 
(४) घरबाट आउँछ । । = धीँअँले खम् ।
(५) ऊ बाट पाएको । = च्ह्हले योँलो । 

तमु भाषामा " छ नि " भन्नु पर्दा शन्दको अन्तमा " बिम्दे " प्रयोग गर्नु पर्छ। 

(१) काम् गर्नु पर्छ भन्छ नि । = क्हे लल्तुम् बिम्दे । 
(२) आउँछ भन्छ नि । = खम् बिम्दे । 
(३) जान्न भन्छ नि । = अह्या बिम्दे । 
(४) सारो भएछ भन्छ नि । = सारन्तइ बिम्दे । 
(५) पढ्न देउ न त । = ख्येल् बिन्दे । 

(१३) तमु भाषामा " रे " भन्नु पर्दा शब्दको अन्तमा " रो " प्रयोग हुन्छ । 

(१) काममा जान्छ रे । = केर् ह्यम् रो । 
(२) कुरा भन्छ रे । = त्हँ बिम् रो । 
(३) भात् खान्छ रे । = कैँ चम् रो । 
(४) छोरी नाच्छ रे । = ज्हमेँ स्येम् रो । 
(५) पानी पर्छ रे । = न्हँ युम् रो ।

(१४) तमु भाषामा " को छ " भन्नु पर्दा शब्दको अन्तमा " ईमो " प्रयोग हुन्छ।

(१) धेरै मोटाएको छ। = बेल्हे छोईमो। 
(२) धेरै दुब्लाएको छ। = बेल्हे ज्युईमो । 
(३) ऊ आएको छ । = च्हम् खईमो । 
(४) रक्सी खाएको छ । = पा थुईंमो ।
(५) खाजा खाएको छ। = प्र्हु चईमो ।

(१५) तमु भाषामा "को" भन्नु पर्दा शब्दको अन्तमा " बय् " प्रयोग हुन्छ। 
उदाहरण:- 
(१) उसको = चैबय् । 
(२) रामको = रामैबय् । 
(३) नेपालको = नेपलैबय् । 
(४) हामीहरुको = ङ्ह्योइबय् । 
(५) उनीहरुको = चमैबय् ।

(१६) तमु भाषामा "रौँ " भन्नु पर्दा शब्दको अन्तमा " ले " प्रयोग गर्नु पर्छ।

(१) बसौं = टिले । नबसौं = अटिले । 
(२) लेखौं = ब्रिले । नलेखौँ = अब्रिले । 
(३) खाऔँ = चले । नखाऔँ = अचले । 
(४) पिऔँ = थुँले । नपिऔँ = अथुँले । 
(५) सुतौँ = रोले । नसुतौँ = अरोले । 

(१७) प्रश्न वाचक शब्दहरु :- 

के ? = तो ? को हो ? = खाबुजा ? 
कहाँ ? = खनर् ? कसले ? = खाब्च्यु ?
कता ? = खनरु ? कसरी ? = खैले ? 
किन ? = ततिउ ? कहिले ? = खोयोँ ? 
के हो ? = तोउजा ? कहाँ बाट ? = खनाले ?

प्रश्नवली वाक्यहरु :-

(१) के भनेको ? = तो बिलु ?
(२) कहाँ जाने ? = खनर् ह्यामु ? 
(३) कता हो तिमी ? = खनरु ज किम् ? 
(४) किन त्यसो भनेको ? = ततिउ छ बिबम् ? 
(५) यो के हो ? = चुम् तोउजा ? 
(६) तिमी को हौ ? = किम् खाबुजा ? 
(७) कसले त्यसो भनेको ? = खाप्च्यु छ बिबम् ? 
(८) कसरी लेखेको ? = खैले ब्रिलु ( brilu )?
(९) कहिले आएको ? = खोयोँ खलु ? 
(१०) कहाँ बाट आएको ? = खनाले खलु ? 

( नोट् :- छोटो प्रश्न गर्दा शब्दमा नै प्रश्न चिन्ह लगाएमा प्रश्न हुन्छ। जस्तै :- खलो ? = आएथ्यो ? बिलो ? = भनेथ्यो । )

(१८) सकारात्मक् ( Positive ) शब्दलाई नकारात्मक ( Negative ) बनाउँदा शब्दको अगाडि " अ " थप्नु पर्छ र 
शब्दको अन्तिम अक्षर हटाउने र धेरै जसोमा " अकार " थप्नु पर्छ।
(१) गर्छ = लम् । गर्दैन = अला । 
(२) आउँछ = खम् । आउँदैन = अखा । 
(३) खान्छ = चम् । खाँदैन = अचा ।
(४) पढ्छ = ख्येम् । पढ्दैन = अख्ये ।
(५) लेख्छ = ब्र्हिम् । लेख्दैन = अब्र्हि । 

तर शब्दको अन्तमा " ले " छ भने शब्दको अन्तिम अक्षर हटाउनु पर्दैन । शब्दको अगाडि " अ " मात्र थपे हुन्छ। 
(१) बसौं = टिले । नबसौं = अटिले । 
(२) लेखौं = ब्रिले । नलेखौँ = अब्रिले । 
(३) खाऔँ = चले । नखाऔँ = अचले । 
(४) पिऔँ = थुँले । नपिऔँ = अथुँले ।
(५) सुतौँ = रोले । नसुतौँ = अरोले ।

(१९) चलन चल्तीमा प्रयोग हुने शब्दहरु :- 
ढोग गर्नु = फ्योब् । मद्घत गर्नु = ल्हुब् । राम्रो = छ्याम् । मन पराउनु = ख्वोब् । छिट्टो = युउब् । ढिलो = गयब् । मीठो = ल्हिंम् । ठुलो = थेब् । सानो = च्योँम् । अलिकति = च्युकुदे । धेरै = ल्हे । एक्छिन = छिंग्री । गर्नु = लम् । गाउनु = प्रिंम्। खानु = चम् । पिउनु = थुँम् । जानु = ह्याम्। आउनु = खम् । पढ्नु = खेम् । लेख्नु = ब्र्हिम् । लगाउनु = ख्हिम् । फुकाल्नु = प्ल्हिम् । बस्नु = ट्हिम् । उठ्नु = रेइम् । रुनु = क्रोम् । हाँस्नु = ङ्रेम् वा ङ्रेस्योरम् । हिंड्नु = ब्रम् (Bram) । बाल्नु = म्रोम्(mrom) । मन खुशी हुनु = सैंतोम् । धीँ = घर , पिंडि =स्यालो । आँगन = ह्यु ( Hyu ) । पँधेरो = क्युखादुँ । घट्ट = छेदो । बाटो = ग्याँ । रुख = सिँदु । बन जंगल = द्हे (धे) । हावा = खैँ । घाम = द्यिन् । चन्द्रमा = लिन् । तारा = मुसार् । आकाश = म्हु । भात = कैँ । तरकारी = खु , ढा । ढिंडो = पागुँ ,पैंगों । दुध = ङ्ह्ये (nghye) । मही = कोल् । घिउ = छ्युकु । बिरालो = न्वार्, नुवार् । कुकुर = न्है, नगि । मुसा = ङिम्यु । गाई = म्ह्ये । भैंसी = म्वुइ । चरा = ङेमा । कमिला = नप्रु (नप्रु) । कीरा =बुलुँ आदी । 

नोट् :- धेरै शब्दहरु अरु ठाउँमा फरक पर्छ होला तर यो फरक परेकोलाई गल्ती हो भन्नुको सट्टा घान्द्रुकेले यस्तो भन्ने रहेछ भनेर सोंची दिनु भएमा राम्रो होला। लेखेको संयुक्त शब्दहरु उच्चारण गर्दा गाह्रो हुने हुनाले शायद उच्चारण गर्दा अर्थको अनार्थ पनि हुन सक्छ । तसर्थ तमु भाषा जान्ने ब्यक्ती सँग बोलेर ठीक pronunciation गर्नु हुने प्रयास गर्नु हुन पनि अनुरोध गर्दछु। धन्यवाद । 

( अमर तमु, घान्द्रुके )